आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

एमालेले स्थानीयतह ३ महिना वडा केन्द्रित अभियान चलाउँदै

२०८१ पौष १, सोमबार मा प्रकाशित ( १ साल अघि) १३४२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ पुस।

नेकपा एमाले स्थानीय तहको वडालाई केन्द्रित गरी पार्टी अभियान चलाउने भएको छ । सो विषयमा छलफल गर्नका लागी केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतवार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सातै प्रदेशका पार्टीको जिम्मेवारीमा रहेका प्रदेश जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित करिव ३ सय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणापत्र पनि जारी गरेको जनाएको छ।

आगमी २०८४ को निर्वाचनमा वहुमतसहितको लक्षका साथ एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ।

यस्तै पार्टीले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार गर्दै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले निर्णय गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस