
नारी बाटिका
काठमाडौँ ११ पुस।
नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० जना सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा.लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा.मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरी ल्याउनु भएको हो ।
नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो । विभागको प्रमुख केन्द्रीय सदस्यमा भने डा.चन्द्रमोहन यादव हुनु हुन्छ ।
कोको पर्नु भयो मनोनयनमा ?
१. डा. लक्ष्मीराज पाठक, कैलाली
२.डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची
३. डा. अनिलकुमार झा, सप्तरी
४. डा. सुमन कर्माचार्य, रामेछाप
५. डा. सुशीलनाथ प्याकुरेल, ललितपुर
६.श्री श्यामचन्द्र यादव, धनुषा
७.श्री ईश्वर कार्की, झापा
८. श्री विष्णुप्रसाद भट्टराई, स्याङ्जा
९. श्री पुजा फुयाल, सोलुखुम्बु
१०.श्री वुधिसरा सुनुवार, सुर्खेत







प्रतिक्रिया दिनुहोस