
काठमाडौं १८ पुस ।
नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजीमा उहाँहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
समितिको सिफारिसमा बढुवा हुनेहरुमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोबिन्द थपलिया रहेका छन् । उहाँहरु प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवाका लागि सिफारिस सूची विवरणसहित हेर्नु होस्













प्रतिक्रिया दिनुहोस