आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

आजको मौसम सम्वन्धि खबर : यी स्थानमा वर्षा हुने

२०८१ पौष २१, आईतबार मा प्रकाशित ( १ साल अघि) १२७७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २१ पुस ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू९भागमा मौसम मुख्यतया सफा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तराईका धेरै स्थानहरू लगायत उपत्यकाहरूमा हुस्सु कुहिरो लागेको अवस्था छ। त्यस्तै आईतबार दिउँसो देशैभरका हिमाली, पहाडी र तराइको को मौसम मुख्यतया सफा रहने छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस