
नारी बाटिका
काठमाडौँ २० माघ ।
नेता डा.भीम रावलको पछि लागेको आरोपमा एमालेबाट ५ जना नेता निष्कासित भएका छन् ।
नेकपा एमाले सुदूरपश्चिमले जारी गरेको विज्ञप्ती अनुसार नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निष्कासित गरेको हो । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको छ ।
एमाले पार्टीबाट निष्कासित हुनेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले प्रकाशन गरेको विज्ञप्तीमा जनाएको छ ।









प्रतिक्रिया दिनुहोस