आज:  | Tue, 17, Jun, 2025

भिरबाट लडेर प्रधानाध्यापकको मृत्यु

२६ माघ २०८१, शनिबार १८:१२ मा प्रकाशित ( ४ महिना अघि) ३९६९ पटक पढिएको
नारी बाटिका


दार्चुला २६ माघ ।

दार्चुलामा भिरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ।

मार्मा गाउँपालिका–२ का ३५ वर्षिय शिक्षक दलवीर महराको अपिहिमाल गाउँपालिका–६ स्थित भिरबाट लडेर मृत्यु भएको हो। शिक्षक महरा दार्चुला जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् ।

महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा उक्त भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस