वीरगन्ज- २९ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध अभियोगपत्र दर्ताको तयारी गरेको छ । सानो पाइला सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसहितका व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले अभियोगपत्र दर्ताको तयारी गरेको हो ।
पर्सा जिल्लास्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका चार हजार ८०० बचत कर्ताले आफ्नो बचत रकम हिनामिना भएको भन्दै उजूरी दिएका थिए । सोही आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले रवीसहित करीब ३५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ ।दुई पटक विजयी भएर आएको जिल्ला चितवनमा पनि उनीविरुद्ध उजुरी दर्ता भइसकेको छ ।
सहकारी ठगी प्रकरणमा चितवन अदालतको प्रक्रिया सकिनासाथ जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा रवीविरुद्ध त्यहाँ मुद्दा दर्ता अगाडि बढाउने तयारी गरिएको एक स्रोतबाट बुझिन आएको छ । सहकारीको रकम हिनामिना गरेकै भन्ने मुद्दामा अहिले उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनदेखि जिल्ला प्रहरी कार्यालयमा आएर सानो पाइला सहकारी ठगी सम्बन्धी उजूरीका विषयमा अध्ययन गरिरहेको छ ।
केही दिनअघि सानो पाइला बचत तथा ऋण सहकारीविरुद्ध वीरगंन्ज महानगरपालिका र मनीषकुमार सिस्काले पर्सा जिल्ला अदालतमा मुलुकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र र थप अभियोगपत्र दर्ता गराइसकेका छन् ।
रवीविरुद्धमा पछिल्लो प्रकरण सानो पाइला सहकारीबाट ठगिएका भनिएका १७९ जना बचतकर्ताले रवी लगायतका १३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमध्ये दुईजना पक्राउ परेर धरौटीमा रिहा भइसकेका छन् । हालसम्म दुईवटा मुद्दामा रवि लामिछानेको नाम जोडिएको थिएन । तर पूर्वडिआइजी छविलाल जोशीको घरमा छापामारी गर्दा त्यहाँ लामिछानेविरुद्ध सानो पाइला सहकारी संस्थाबाट पनि रकम अपचलन भएको सबूत प्रमाण रहेको दाबी प्रहरीले गरेको छ ।
सोही आधारमा तेस्रो थप अभियोगपत्रमा लामिछानेसमेत राखी दर्ता गर्ने पर्सा प्रहरीले तयारी गरेको छ । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले चितवनमा परेको उजुरी सम्बन्धमा छिनोफानो भएपछि पर्सा जिल्लामा रवीविरुद्धको अभियोगपत्र दर्ता गर्ने तयारी रहेको छ ।
पहिलो अभियोजनमा साढे २४ करोड अपचलनको मुद्दा रहे पनि दोस्रो र तेस्रोमा यो रकम बढ्दै करीब एक अर्ब पुग्ने अनुमान गरिएको छ । कास्की जिल्ला अदालतबाट ६५ लाख, रूपन्देही जिल्ला अदालतबाट ६० लाख र काठमाडौं जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका थिए ।
अहिले उनीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।यस अघि रवीलाई पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि बयानको लागि झिकाइएको थियो । सो मुद्दाको अभियोगपत्र दर्ता हुने नहुने भन्ने बारे बाँकी छ ।
प्रतिक्रिया दिनुहोस