
नारी बाटिका
काठमाडौं ३ फागुन ।
पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयरलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलका प्रेस संयोजक भुवन केसीका अनुसार पौडेल र आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको हो । आज पोखरा भ्रमण वर्ष घोषणा समारोहलाई उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेल बेलुन पड्किएर घाइते भएका हुन। रिमोर्टबाट दीप प्रज्वलन संगै बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो ।
पड्किएर बेलुनको आगोले लागेका अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ एम्बुलेन्सबाट लगिएको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटीमा क्षति पुगेको बताइएको छ ।
महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए । महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।








प्रतिक्रिया दिनुहोस