आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (विबरणसहित)

२०८१ फागुन २२, बिहिबार मा प्रकाशित ( १ साल अघि) १५१२९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ फागुन ।

सरकारले छ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ।

गृह मन्त्रालयद्वारा आज बसेको बैठकको निर्णयले बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीको सरुवा गरी नयाँ प्रजिअ पठाएको हो।

गृह स्रोतका अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ।

साथै नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ। रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत हुनुहुन्थ्यो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस