आज: २०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

धादिङमा एसईई परीक्षाको तयारी पूरा,५ हजार ४सय ७५ विद्यार्थी सामेल हुने

२०८१ चैत्र ६, बुधबार मा प्रकाशित ( १ साल अघि) १३६४१ पटक पढिएको
नारी बाटिका


धादिङ-  ६ चैत्र ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि धादिङमा सम्पूर्ण तयारी पूरा भएको छ। शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रशासकीय प्रमुख भुमीलाल शर्मा सुवेदीका अनुसार जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयबाट ५ हजार ४सय ७५ विद्यार्थी परीक्षामा सामेल हुनेछन्।

जसमा सामुदायिक विद्यालयतर्फबाट ५हजार ९४ विद्यार्थी र संस्थागत विद्यालयतर्फका ३सय ८१ विद्यार्थी तथा प्राविधिक धारतर्फ १ सय ६४ जना विद्यार्थीले परीक्षा दिनेछन्। जिल्लाभरमा यस वर्ष परीक्षाका लागि २४ वटा परीक्षा केन्द्र तोकिएका छन्।

यस्तै परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका लगायतका सामाग्रीहरु केन्द्रहरूमा पु‍र्‍याइसकिएको बताईएको छ । साथै प्रश्नपत्रहरू परीक्षा केन्द्र नजिकै रहेका प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको छ। सुवेदीका अनुसार, परीक्षाको सुचारु व्यवस्थापन सुनिश्चित गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो ।

यस वर्षको एसईई परीक्षा भोलि, चैत्र ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाई धादिङले सम्पूर्ण संयन्त्र परिचालन गरेको नारी वाटिकालाई जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस