
नारी बाटिका

धादिङ -१४ चैत ।
धादिङको धुनिवेशी ६ चालिसे स्थित पृथ्वी लोकमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटरसाइकल चालक घाईते भएका छन् । आज दिउँसो करिव ३ बजेको समयमा पृथ्वी राजमार्गको चालिसेमा काठमाण्डौबाट गजुरीतर्फ आउँदै गरेको बा ८९ प २३५९ नं. को मो।सा र बिपरित दिशाबाट आउदै गरेको बा ३ क २३११ नं. को ट्रक एक आपसमा ठक्कर खाई दुर्घघना भएको हो ।
घाईते हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका १ बस्ने वर्ष ४० को रमेश श्रेष्ठ रहेको जिल्लाका कार्यलय खानेखोलाले जनाएको छ । अहिले श्रेष्ठलाई उपचारको लागी काठमाण्डौ तर्फ पठाइएको छ भने घाईतेको दाहिने हातमा चोट,अवस्था मध्यम, रहेको प्रहरीले जनाएको छ ।
साथै घटना स्थलमा इलाका प्रहरी कार्यलय खानीखोलाबाट प्र.स.नि प्रदिप पाण्डेको कमाण्डमा टोली खटी गएको दुवै सवारी साधन र ट्रक चालक इलाका प्रहरी कार्यलय खानिखोलाको नियन्त्रणमा रहेको, खानीखोला प्रहरीले जनाएको छ ।
घटना स्थान इ.प्र.का खानीखोलाबाट अं. ३ कि.मि पश्चिम पर्ने बताइएको छ विस्तृत विवरण आउन बाँकी रहेको छ ।








प्रतिक्रिया दिनुहोस