आज: २०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

महिनादिनको ब्रत पुरा गरी आज इस्लामीहरुले एक आपसमा खुशी साटेर ईद मनाउँदै

२०८१ चैत्र १८, सोमबार मा प्रकाशित ( १ साल अघि) १५०६७ पटक पढिएको
नारी बाटिका


यसै सन्धर्वमा आज सार्वजनिक बिदा

काठमाडौं १८ चैत।

इस्लाम धर्मावलम्बीहरुले आज इद मनाउँदै छन्। एक महिनाको लामो रमादान पर्व (रोजा)पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। इद उल फित्रका अवसरमा उनीहरुले एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने गर्दछन्।

यसैगरी आज खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायतका मीठा परिकारहरु खान दिने गरिन्छ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउन सुरु हुन्छ । रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने धारणा राखी अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ। इदका अवसरमा शोमबार सरकारले सार्वजनिक बिदा दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस