
नारी बाटिका
राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न मिसन ब्लु–प्रिन्ट कार्यदल गठन
काठमाडौं १९ चैत ।
विभन्न सहरकारीको रकम अपचलन गरेको भन्दै अदालती प्रक्रियामा रहेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापतिबाट केही समय बाहिर थिए । करिव पाँच महिनापछी शोमबार पुनःसभापतिमा फर्किएलगत्तै उनले नयाँ योजना ल्याएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठक लामिछानेकै अध्यक्षतामा भएको थियो भने बैठकले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न मिसन ब्लु–प्रिन्ट कार्यदल पनि गठन गरेको छ ।
त्यस्तै बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्वमन्त्रीहरु सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की रहेका छन् ।
पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपीनकुमार आचार्यलाई जिम्मेवारी दिएको कार्यवाहक प्रवक्ता मनीष झाले बताएका छन् ।
साथै पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस