
नारी बाटिका
काठमाडौं २१ चैत।
त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विधार्थी संघको नेतृत्व विजयी भएका छन् । नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला लगभग दोब्बर मत अर्थात १२१५ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन ।
कोइरालाका निकटतम प्रतिद्दन्दी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ले मत ल्याउँदै नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मत मात्रै ल्याएका थिए ।
त्रिविको पुर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते तय भएको निर्वाचन विवादका कारण निर्धारित ििमतिमा स्थगित भई चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो ।








प्रतिक्रिया दिनुहोस