आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको पुजा आराधना गरी मनाउँदै

२०८१ चैत्र २३, शनिबार मा प्रकाशित ( ९ महिना अघि) ११९९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ चैत ।

आज चैते दशैं अष्टमी शक्तिस्वरूपा भगवतीको पुजा आराधना गरी मनाईदै छ । हिन्दुधर्मालम्विहरुले शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैँ पर्व मनाइँदै छ। आजको चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ।

चैत दशैंमा पनि शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने आज अष्टमीमा मात्र देवीको आराधना गर्ने गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउनु हुन्छ।

त्यस्तै भोली रामनवमींमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने प्रचलन छ।

आज काठमाडौंको गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्साल भगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, सिन्धुपाल्चोकमा पाल्चोक भगवती गोरखामा मनकामना, बाँकेमा बागेश्वरी गायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस