
नारी बाटिका
काठमाडौं २७ चैत।
नेपाल बार एसोसिएसनको २७ औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले अग्रता लिएका छन् ।
केही समयअघिसम्म ६ हजार मत गणना गर्दा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा मिश्रले तीन हजार तीन सय ६९ मत र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले एक हजार पाँच सय ४१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गरेका छन् ।
बारको नयाँ कार्यसमितिको शनिबार मतदान भएको थियो । सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएतापनि हालसम्म मतगणना कार्य जारी छ । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकोमा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको हो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियोे ।








प्रतिक्रिया दिनुहोस