आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : शिक्षामन्त्री पन्त

२०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित ( ७ महिना अघि) ४९३० पटक पढिएको
नारी बाटिका


काठमाडौँ १२ वैशाख ।

नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधन गर्ने बताएका छन्। बिहिबार आफ्नो पदभार गरेलगत्तै पन्तले शिक्षकका मागबारे आफूलाई जानकारी भएको बताउँदै वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताएका हुन्।

‘आन्दोलनरत शिक्षकहरूका मागका विषयमा म जानकार छु। यस विषयमा मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन्,’ उनले भने, ‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु अब तपाईँहरको समस्या समाधान गरिहाल्छु नि ।’

सरकारका सेवा सुविधाबाट चलेका सामुदायिक विद्यालयका शिक्षकहरूको २२ दिनदेखि काठमाडौँको सडकमा आन्दोलित छन्। पछिल्लो समयमा शिक्षकले गरेका आन्दोलनको माग भने विद्यार्थीका लागी नभई मागका सबै बुँदाहरु शिक्षकका सेवा सुविधा थप लगायत समेटिएको शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस