आज:  | Sun, 04, May, 2025

कांग्रेस अधिवेशन समयमै गर्न सामाजिक सञ्जालबाट दबाब दिनुस् : नेता कोइराला

२१ बैशाख २०८२, आईतवार ०६:३६ मा प्रकाशित ( ९ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नवलपरासी -२१ वैशाख।

नेपाली काग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस अधिवेशन समयमै गर्न सामाजिक सञ्जालबाट दबाब दिनु पर्ने बताउनु भएको छ । नेता कोइरालाले नेपाली काग्रेसको बिधानले तोके अनुसारनै पार्टीको अधिवेशन हुन्छ, समय सार्ने कुरा मलाई स्वीकार्य हुदैन र कुनै असहज परिस्थिति पनि छैन् भन्नु भएको छ।

आगामी मंसिर भित्र अधिवेशन भई सक्नु पर्छ, अधिवेशन पछि सार्ने निर्णय आत्मघाती हुने र यसले काग्रेसलाई झन कमजोर पार्ने नेता कोइरालाको धारणा छ । अधिवेशनमा उठ्ने छुट सबैलाई छ कसैलाई रोक्न मिल्दैन तर अधिवेशन त हुनै पर्छ,केन्द्रीय समितिको बैठक किन हुन सकेन ? डा.कोइरालाको प्रश्न थियो ।

शनिबार पूर्वी नवलपरासीको कावासोती स्थित बीपी भवनमा प्रेस युनियन नवलपुरसंगको भेटघाटका क्रममा सवोधन गर्नु हुंदै नेता कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो समयमा अधिवेशन गर्न सभापति शेर बहादुर देउवाका साथै केन्द्रीय समितिलाई दबाब दिई रहनुहोस् ।

सोही क्रममा डा.कोइरालाले वर्तमान सरकारले आफ्नो उदेश्य अनुरूप काम गर्न नसकेको,भ्रष्टाचार मौलाएको,दण्डहीनता बढेको,गभर्नर नियुक्तिका बिषयमा संविधान मिच्दै समय लम्ब्याएको, संविधान पुनरावलोकनका बिषयलाई बिर्सिदै गएको जस्ता विषयलाई स्मरण गराउनु भएको छ ।

त्यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रति सरकारको यस अघिका काम गराई हेर्दा कार्यान्वयन हुन आफुले कठीन देखेको बताउनु भयो । डा.कोइरालाले नेपाल थारू संघ नवलपुरको प्रथम जिल्ला अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु भएको हो ।शनिबार दिनभर नवलपुरका कार्यकर्ताबिच भेटघाटमा व्यस्त रहेनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस