आज:  | Mon, 05, May, 2025

माओवादी केन्द्रले जेठ २ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने

२२ बैशाख २०८२, सोमबार ०६:५८ मा प्रकाशित ( १0 घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ वैशाख ।

नेकपा माओवादी केन्द्रले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।े

‘‘तराई–मधेस प्रदेशलाई लक्षित गर्दै हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी जागरण अभियान’’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको निष्कर्ष निकाल्दै नयाँ अभियानको घोषणा गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

साथै पछिल्लो निर्बाचनमा तिनै तहका पार्टीका उम्मेद्वारले पनि केही संख्यामा विजय हाँसिलमा संख्या समेत बढेको थियो । सो को पनि बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस