आज:  | Thu, 08, May, 2025

कमेरे स्थित पृथ्विलोकमार्गमा सवारी दुर्घटना दुइजना घाईते एकको अवस्था गम्भीर

२४ बैशाख २०८२, बुधबार २०:१२ मा प्रकाशित ( २३ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका



धादिङ २४ वैशाख ।

धादिङको थाँक्रे गाउँपालिका १ कमेरे स्थित पृथ्विलोकमार्गमा डिब्बा गाडिले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाईते हुनेमा काठमाण्डौ बालाजु बस्ने अं. बर्ष ४५ को मिलन लामा र मोटरसाइकलको पछाडि सवार धादिङको थाक्रे गाउँपालिका ८ बस्ने बर्ष अं. ४३ को रमेश सुवेदी रहेको छन् ।

आज दिउँसो अ.४ः१० बजेको समयमा काठमाण्डौ बाट गल्छी तर्फ आउदै गरेको बा ३ ख ५७६७ नं.को डिब्बा गाडिले बिपरित दिशा बाट जादै गरेको बा ८७ प ७८८४ नं. को मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाईतेहरुलाई उपचारको लागि काठमाण्डौ तर्फ पठाएको छ ।,उक्त स्थानमा अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.अमित कुमार सिं को कमाण्डमा र थप इलाका प्रहरी कार्यलय गजुरी बाट प्रहरी नायब उपरिक्षक बिकास थापाको कमाण्डमा ट्राफिक सहितको ११ जनाकोटोली खटि घाईतेको उद्धार गरिएको थियो ।

सो दुर्घटनापछी उक्त स्थानमा बाटो अबरोध भएको थियो । दुबै सवारी साधन घटना स्थलमा नै रहेको छ भने फरार भएका डिब्बा चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । घाईते मिलन लामाको टाउको लगायत शरिरका बिभिन्न भागमा चोट अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं् सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

अर्का घाईते सुवेदीको पनि शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम रहेको बताइएको छ। साथै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस