आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

आईपीओ अनुमति प्रक्रियामा आर्थिक चलखेलको आरोपमा धितोपत्र बोर्डमा अख्तियारको छापा

२०८२ बैशाख २५, बिहिबार मा प्रकाशित ( ७ महिना अघि) ४१२४ पटक पढिएको
नारी बाटिका


काठमाडौंं २५ वैशाख ।

धितोपत्र बोर्डले जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमिसन मागेको आरोपका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ। अख्तियारले बुधबार बोर्डको कार्यालयमा छापा मार्दै आईपीओ प्रक्रियामा रहेका ८९ कम्पनीका फाइलहरूसमेत नियन्त्रणमा लिएको छ।

अख्तियारका टोलीहरु खुमलटारस्थित बोर्ड कार्यालय पुगेका थिए। आईपीओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका सबै फाइल अख्तियारले नियन्त्रणमा लिएको हो। यद्यपि, बोर्डकाले भने फाइल अध्ययन मात्रै गरेको बताएका छन् ।उक्त फाइलमा जलविद्युत् समूहका ४३ कम्पनीको १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको १९ करोड ३ लाख कित्ता सेयर पनि समेटिएको छ।

धितोपत्र बोर्डमा ५० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीसँग ७ प्रतिशत र ५० करोडभन्दा बढी पुँजी भएकासँग ७ प्रतिशतभन्दा बढी कमिसन माग गरिएको आरोप बोर्डलाई लगाइएको छ।

यससंगै धितोपत्र बोर्डले पनि इप्पानका पदाधिकारीहरूले आईपीओ अनुमति प्रक्रियामा आर्थिक चलखेल गरेको आरोप लगाएको छ। इप्पानको आरोपबारे संसद्मासमेत छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा बोर्डविरुद्ध छानबिनको माग गरेको थियो।

धितोपत्र बोर्डमा ८९ कम्पनीका ५६ अर्ब ७ करोड रुपैयाँ बराबरका ४० करोड ४७ लाख कित्ता सेयरको आईपीओ अनुमति प्रक्रियामा छ। बुधबार अख्तियारका टोलिले छापा मारेसँगै उक्त प्रक्रियामा रहेका फाइलहरू अख्तियारको नियन्त्रणमा गएका छन् । अख्तियारको छानबिन प्रक्रिया प्रारम्भ भएसँगै आईपीओ निष्कासन प्रक्रियामा ढिलाइ हुने अनुमान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस