आज:  | Mon, 12, May, 2025

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर विश्व पौडेलको नाम चर्चामा

२९ बैशाख २०८२, सोमबार ०६:५७ मा प्रकाशित ( १७ घण्टा अघि) १५२० पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ वैशाख ।

गभर्नर सिफारिस समितिको सदस्यबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले राजीनामा दिएपछी उनको नाम चर्चामा छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा १८ चैतमा बनेको समिति उनी सदस्य थिए । तर समितिको बैठक भने बसेको थिएन । पौडेलभन्दा पहिला सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराईको राजीनामापछि पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य मनोनीत भएका हुन् ।

तर, उनको मनोनयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कांग्रेसभित्र गभर्नरको सम्भावित उम्मेदवारको खोजी भइरहेका बेला पौडेलको राजीनमा आएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेको चर्चा चलेको थियो । वैशाख ५मा उनले राजीनामा दिएपछी कार्यवाहक गभर्नर डा.निलम ढुगानाले स्वीकृत नगरेकाले ‘प्राविधिक समस्या’समेत देखिएको छ ।

गर्भनर सिफारिस गर्दा राष्ट्र बैंकका डेपुटी गभर्नर एक जनासहित तीन जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था छ । तर भट्टको राजीनामा स्वीकृत नभएकाले उनको नाम सिफारिस गर्न कानुनी अड्चन पर्ने भएको छ । त्यसका लागी हालै बसेको कांग्रेस पदाधिकारी बैठकमा भट्टको विकल्प खोज्नुपर्ने छलफल भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस