
काठमाडौं -३० वैशाख ।
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार तोलामा तीन हजार ७ सय रुपैयाँले घटेर एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै आजपनि छापावाल सुन प्रति तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्यमा एक दिनअघि पनि गिरावट आएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर आज एक हजार ९७० मा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।












प्रतिक्रिया दिनुहोस