आज:  | Sun, 13, Jul, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

३ जेष्ठ २०८२, शुक्रबार ०६:४८ मा प्रकाशित ( १ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


काठमाडौं -२ जेठ ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखी लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्यसूची निर्धारण गरेकाले नेपालमा पनि प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल(मट्टितेलमा ३ रुपैयाँ घटाउने निर्णय भएको हो।

नयाँ मूल्य निर्धारण भएसंगै काठमाडौं उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम गरिएको छ। यो मूल्य बिहीबार राति १२ बजेबाट लागू भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस