आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

अधिवेशनमा खुकुरी हानाहान हुदा तरुण दलका ४ जना घाइते

२०८२ जेष्ठ ४, आईतबार मा प्रकाशित ( ९ महिना अघि) १११९२ पटक पढिएको
नारी बाटिका


लमजुङ -४ जेठ ।

नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा विवाद हुंदा खुकुरी प्रहारबाट तरुण दलका चारजना कार्यकर्ताहरु घाइते भएका छन्।

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन लमजुङ तरुण दलको शनिबार बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्र कार्यक्रममा विवाद हुंंदा खुकुरी हानाहान भएको हो। े

खुकुरी प्रहारबाट घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनु भएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार घाइते मध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको थियो।

प्रतिनिधि छनोटको क्रममा दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ। पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्ने लगायतका विषयमा दुई समुहहरुबीच विवाद भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस