
नारी बाटिका
काठमाडौं १० जेठ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिनु भएको छ ।
शनिबार विराटनगरस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनु भएको हो ।
डा.काइरालाले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले पनि राजीनामाा दिंदा उहाँकै नैतिकतामा सहयोग पुग्ने धारणा राख्नु भयो। ‘नैतिकताको हिसाबमा म क्लिन छु । मैले राजीनामा गरेँ । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि’, उहाँले भन्नु भयो ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
उहाँले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस