आज:  | Sun, 25, May, 2025

आन्दोलन सफल पार्न पूर्वराजा शाह आफैं दौडधुपमा,आज झापा जानुहुने

१२ जेष्ठ २०८२, आईतवार १०:१४ मा प्रकाशित ( १७ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ- ११ जेठ ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन शुरू गर्न चार दिनअघि अगावै पूर्वराजा ज्ञानेन्द्र शाह झापा जानुहुने भएको छ ।

पुर्व राजा ज्ञानेद्र पूर्वराजपरिवारका केही सदस्यहरुको साथमा आइतबार साँझ ५ बजे दमक जान लाग्नु भएको हो । शाहको साथमा छोरी प्रेरणा, धीरेन्द्रपुत्री दिलासा, निजी सचिव सागर तिमल्सिनालगायतको टोली छन् ।

पूर्वराजा शाहको सवारी र सुरक्षासहितको कन्भेटोली शुक्रवार नै झापा पुगिसकेको छ । उक्त टोलीले सो क्षेत्रको बारेमा रेकी गरी सुरक्षा जानकारी दिएको बताईएको छ । सबै तयारीपछि आज बुद्ध एयरको विमानबाट झापा जान लाग्नुभएको एक स्रोतले बताएको छ।

राप्रपा,राप्रपा नेपाल र राजावादीसंघ संगठनले हिन्दुराज्य र राजतन्त्रका लागी जनआन्दोलन शुरू गर्नुअघि पूर्वराजा ज्ञानेन्द्र झापा जानु महत्वपूर्ण दृष्टिकोणले हेरिएको छ । गत राजधानीमा आयोजित विषाल आन्दोलनपछि पूर्वराजालाई नजरबन्दमा राख्न सक्ने हल्ला चलेकै बेला उहाँ झापा पुग्नु रहस्यमय हिसाबले हेरिएको छ । साथै अर्को रहस्यको कुरा उहाँ कति दिन झापा बस्ने भन्ने नै ठेगान छैन ।

उच्च स्रोतका अनुसार अनिश्चित समयसम्मका लागि उतै बस्ने कार्यक्रम तय भएको बुझिएको छ । प्रारम्भिक अनुमान अनुसार उहाँले झापाबाटै आन्दोलनको टोली परिचालन, राजनीतिक भेटघाटसम्मको कार्यक्रम हुन सक्ने आँकलन गर्न सकिन्छ ।

झापा रहँदा उहाँले पूर्व र तराईका राजा समर्थकहरुसँग भेटघाट गर्ने र आन्दोलनलाई देशव्यापी रूपमा सशक्त बनाउने भन्ने विषयमा केन्द्रिीत हुनेछ ।

आगमी जेठ १५ गणतन्त्र दिवसको दिन अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ । समितिले यो आन्दोलनलाई राजालाई गद्दीमा राख्ने निर्णायक आन्दोलनको रूपमा तय गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले बिहीबार आन्दोलनको नेतृत्व गरिरहेका समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेर निर्देशन दिनु भएको थियो ।

गत सोमबार होटल सोल्टीमा वास बस्न पुग्नुभएका पूर्वराजा शाहले बिहीबार लन्च मिटिङ गर्नु भएको थियो । समितिले आन्दोलनमा धडपकड हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगसँग पनि गुहार मागि सकेको छ ।

आन्दोलन समितिका संयोजक नवराज सुवेदीले धडपकड भए सामूहिक पक्राउ दिन आहवान गर्नु भएको छ । गएको चैत १५ गते राजतन्त्रको पक्षमा भएको आन्दोलनले उग्र रूप लिएपछी दुई जनाको ज्यान गएको थियो ।

आगमी आन्दोलनमा चैत १५ जस्तै हिंसात्मक आन्दोलन हुन सक्ने आँकलन गर्दै आन्दोलनका मुख्य योजनाकर्ता पूर्वराजा शाह झापा जाने हुनु भएको हो । उच्चस्रोतका अनुसार उहाँले झापाबाटै आन्दोलनको नेतृत्व र निर्देशन गर्नुहुने कार्यसुचि छ । पहिलो दिनको आन्दोलनपछि सरकारले कस्तो रणनीति अपनाउने हो भन्ने विषयमा झापाबाटै समीक्षा हुनेछ ।

साथै आन्दोलन हुनु अगावै साँझ उपत्यकाबासीलाई आन्दोलनमा सहभागी हुन निम्तो दिन घरदैलो कार्यक्रम  गरेको छ । काठमाडौंवासीको सक्रिय सहभागिताको लागी अनुरोध गर्दै जमलबाट घरदैलो कार्यक्रम  गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो ।

घरदैलो कार्यक्रम १३ सम्म चल्नेछ । जमल हुँदै असन, इन्द्रचोक भोटाहिटी, वसन्तपुर लगायतका क्षेत्रमा पुगेर आन्दोलनमा सहभागी हुन निम्तो दिन लागेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस