
काठमाडौँ २१ वैशाख ।
दुई दिनदेखि जारी देशव्यापी आन्दोलन यातायात व्यवसायीले मंगलबार बेलुकी फिर्ता लिएका छन् । हिजो साँझ बसेको यातायात व्यवसायीहरु समेतको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेका हुन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेपछी यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेर यस्तो निर्णय गरेका थिए ।
उनीहरु हालका लागि यातायात हडतालका सबै कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी गराएका हुन्। अध्यक्ष विजय स्वाँरका अनुसार मंगलबार बसेको बैठकले गरेको निष्कर्षसंगै बसै सार्वजनिक यातायातका साधन चल्ने बताए ।












प्रतिक्रिया दिनुहोस