आज:  | Sun, 08, Jun, 2025

असार १५ भित्रमा शिक्षा विधेयक पास हुनेः शिक्षामन्त्री पन्त

२६ जेष्ठ २०८२, आईतवार ०६:२० मा प्रकाशित ( १३ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -२५ जेठ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ भित्रमा शिक्षा विधेयक पास हुने बताउनु भएको छ । मन्त्री पन्तले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ भित्रमा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नु भएको हो ।

प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र समन्वय समूहले शनिबार काठमाडौंमा आयोजित ‘प्रारम्भिक बालविकास सम्बन्धी परामर्श कार्यक्रम’ बोल्नु उहाँले विधेयक पारित गर्न तीव्रताका साथ काम भइरहेको जानकारी निएका हुन्।

उहाँले, “शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोही अनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ ।” शिक्षा विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको स्पष्ट मार्नु भयो ।

त्यसैगरी सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने मन्त्री पन्तको भनाइ छ । उहाँले भन्नु भयो, “समय सापेक्ष कानुन संशोधन गर्दै जाने हो, युगको आवश्यकताअनुसार सम्बोधन गर्दै जानुपर्छ ।” संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने माग सम्बोधन हुने उहाँको भनाइ छ ।

“जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा नौ बुँदे सहमति नगद हो भनेको थिए, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ”, शिक्षामन्त्री पन्तले भने, “उहाँहरुका जायज माग सम्बोधन हुन्छ ।” मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्न सक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले उल्लेख गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस