आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै

२०८२ जेष्ठ २५, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ६२०१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २५ जेठ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी कार्यसुचि .तय भएको छ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्य तालिका छ।

सोही बैठकमा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नु हुनेछ।

गृहमन्त्री लेखकको राजिनामा माग गर्दै केही समयदेखी प्रमुख विपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनमा नियमित कार्यसूचीले प्रवेश गर्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको हात रहेको भन्दै विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग राखी लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस