
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ २९ जेठ ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
सामाखुसी कोरिडोरको परियोजनाम बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्का खरिदमा भ्रष्टाचारको आरोपमा परियारसहित सात जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको हो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र सहायक निर्देशक उत्तम दाहाले संलग्नता रहेको अख्तियारले जनाएको छ।
आरोपीहरुमाथि बदनियतपूर्वक मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको, साथै अघिल्लो एक ठेक्का सम्बन्धी विवादलाई मनसायपूर्वक अपव्याख्या गरेर निर्माण व्यवसायीलाई अयोग्य ठहर गराएको आरोप लागेको छ।
यसअघि पनि भवन निर्माण ठेक्का सम्बन्धी भ्रष्टाचार प्रकरणमा संलग्न रहेको पुष्टि भइसकेको निर्माण कम्पनी समानान्तर सेवा प्रा.लि यस प्रकरणमा पनि संलग्न देखिएको अख्तियारले जनाएको छ।








प्रतिक्रिया दिनुहोस