आज:  | Mon, 16, Jun, 2025

सातमध्य पहिलो बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड

२ असार २०८२, सोमबार ०६:१६ मा प्रकाशित ( २१ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २ असार ।

देशको राजधानी अवस्थित पहिलोे बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो।

जसमध्य चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताउनु भयो ।

साथै प्रदेशले सार्वजनिक गरेको कुल बजेटको ३८(६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, । पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणबाट बजेट जुटाइने मन्त्री काफ्लेले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस