आज:  | Thu, 19, Jun, 2025

पाण्डेबारे ‘छानबिन गरिरहेकोले,निलम्बन गर्ने अवस्था छैन’ :अदालत

५ असार २०८२, बिहीबार ०६:२२ मा प्रकाशित ( १२ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ४ असार ।
काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनमा कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतको अन्तरिम आदेशसँगै पाण्डे पुनः नगर प्रहरी प्रमुखको हैसियतमा काममा फर्किन पाउने भएका छन् । उच्च अदालतले पाण्डेलाई काममा फर्काउन ‘छानबिन समिति’ले काम गरिरहेको कारण देखाएको छ ।

पाण्डेले यसअघि गुरागाईँले सोधेको स्पष्टीकरण दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई गएको २० जेठमा गुरागाईँले निलम्बन गरिएका थिए ।

उच्च अदालतले भनेको छ, पाण्डेमाथि हुलहुज्जतको विषयमा महानगरले नै बनाएको जाँचबुझ समितिले काम गरिरहेको अवस्थामा तत्काल निलम्बन गर्न आवश्यक नरहेको आदेशमा भनेको छ ।

उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा ‘।।सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाँचबुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्नेसम्मको अवस्था देखिएन’, भनिएको छ ।

‘‘निवेदनको टुङ्गो नलागेसम्म यी निवेदकको नाममा प्रेषित मिति २०८२।०२।२० को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू दिलाउनू।।’ आदेशमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस