आज:  | Thu, 03, Jul, 2025

विश्व मै तापक्रम बढ्दै गर्मीको सामना गर्दै बाच्न सक्नु पर्ने संयुक्त राष्ट्रसंघको भनाई

१८ असार २०८२, बुधबार ०६:५० मा प्रकाशित ( १ दिन अघि) १६७५ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

विश्व संन्सार

संयुक्त राष्ट्रसंघको मौसम तथा जलवायु निकायले विश्वमा हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको बताएको छ । पछिल्लो समयमा विश्वभर मै दिनानु दिन बड्दै गएको अत्यधिक तापक्रमले आगमी दिनमा अझै तापक्रम बढ्न सक्ने संकेत देखिएको जनाएको हो ।

संयुक्त राष्ट्रसंघको मौसम पुर्वानुमान शाखाले यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय अब तयार रहनु पर्ने पनि सुझाव दिएको छ।

विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भने, ‘उत्तर गोलार्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गर्छ। तर पछिल्लो समयमा जति दिन बढ्दै गयो त्यतिनै गर्मी यामको शुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था हो।’

प्रवक्ता क्लेर नलिसले भने यसबाट हुने मानवीय क्षति आँधी वा वर्षाजस्ता अन्य प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्छ । तर औपचारिक तथ्याङ्कमा प्रायः कम देखिने उनले बताए। ‘गर्मीबाट हुने हरेक मृत्यु रोकिन सक्ने खालका हुन्छन्। हामीसँग पर्याप्त जानकारी, प्रविधि र पूर्वतयारीका माध्यमहरू छन्, जसको सहायताले जनजीवन जोगाउन सकिन्छ।’

त्यसैगरी भूमध्यसागर क्षेत्रमा समुद्री सतहको तापक्रम अत्यन्तै बढिरहेको र यसले स्थल क्षेत्रमा समेत गर्मीको लहरलाई थप बल प्रदान गरिरहेको पनि उनको भनाइ छ । । शहरका पक्की संरचनाहरूले ताप सोस्ने क्षमता कम हुने, हरियालीको अभाव रहने भएकाले सहरहरूमा गर्मीको प्रभाव अझ बढी हुने उनको जानकारी थियो ।

यसको प्रभावमा मानिसलाई सहज बनाउनका लागी सङ्गठनले जनसुरक्षा सुनिश्चित गर्न पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन र समन्वित कार्ययोजना आवश्यक रहेको भन्दै सम्बन्धित निकायहरूलाई थप सक्रिय र सजग हुन अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस