
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ २६ असार ।
आज आषाढ शुक्ल पूर्णिमा अर्थात ज्ञान र उपदेश दिने गुरुको सम्मानका साथ आदरभावले मनाईँदै छ ।
सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान र सकारात्मक श्क्षिा दिएर व्यक्तिको जीवन परिवर्तन गराइ भविश्य उज्जल बनाईदिने हुनाले मातापिता पछी गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।
मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। वैदिक परम्परामा व्यक्तिमा भएको नकारात्मक बिचारलाई फालेर ज्ञानप्राप्ति गरी चरित्र निर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने रहेको हुन्छ।
मानिसको पहिलो गुरु जन्मदिने माता र त्यसपछि लालपालन गरी हुर्काउन पितालाई मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउने,सही र अशल ज्ञान दिनेलाई गुरु मानिएको छ । निष्काम भावले विद्या प्रदान गर्नेलाई पनि गुरु भनिन्छ।
जो आफुलाई सही मार्गमा हिडाएर अरुलाई पनि आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन्।’ एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने ऊ पशुभन्दा पनि नीच हुने चाणक्यले बताउनु भएको छ ।
गुरुका सम्वन्धमा शास्त्रमा निकै भेद बताइएका छन्। ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि(महर्षिहरूलाई गुरु मानिएको छ। ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै स्थानमा राखिएको छ। गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्) मानिएको छ।
यसैगरी पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन्। बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन्। तन्त्रमा पनि गुरुका विविध भेद बताइएको छ। समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरुका रुपमा सम्बोधन गरी आदर गरिएको छ।
श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ।
दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन्।
१८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आजैको बिहीबार मनाइँदैछ।
आज बिहीबारका दिन ५१ घडी ४२ पला अर्थात राति १ बजेर ५७ मिने टसम्म गूुरु पूर्णिमाको तिथि रहेको छ।







प्रतिक्रिया दिनुहोस