
नारी बाटिका
काठमाडौं -२७ असार ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व लिनकै लागि आफु नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको बताउनु भएको छ ।
भण्डारीले बिहीबार इमेज टेलिभिजले लिएको अन्तर्वार्ताका क्रममा अहिले नै घोषणा गर्ने समय आइ नसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि नेकपा एमालेको राजनीतिमा फर्किएको बताएकी हुन्।
यस बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले जानकारी पनि गराइसकेको र त्यसकै लागी पार्टी सदस्यता लिइसकेको उहाँको भनाइ छ। उहाँँ राजनीतिमा सक्रिय बनेको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक पत्रकार जगदिश खरेलले लिएको अन्तर्वार्तामा एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो ? भन्ने प्रश्नमा पूर्वराष्ट्रपति भण्डारीको जवाफमा यस्तो बताउनु भएको हो ।
जबाफमा पूर्वराष्ट्रपति भण्डारीले ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनु पर्यो नि,’
यसैगरी खरेलले दोस्रो पटक सोधिएको दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताएकी छन्।
पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नु भयो। मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन। एउटै कक्षाको जाँच दोहोर्याएर दिन्नँ भन्ने मान्छे हो उहाँ।
उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ।’ सोही क्रममा पूर्वराष्ट्रपति भण्डारीको यस्तो धारणा आएको हो ।








प्रतिक्रिया दिनुहोस