
नारी बाटिका
काठमाडौं -२७ असार ।
केही समयअघि नेकपा एमालेमा प्रवेश गर्ने भनी चर्चामा रहेका कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने सहमती भएको छ।
उक्त पार्टी अभियानका नेतृत्वमा रहेका गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज(शुक्रबार)पार्टी एकताको विषयमा लिखित सहमति पत्रमा हस्ताक्षर भएको हो।
यससंगै उनीहरु दुबै पार्टीकाबित्रमा भएको सहमति पत्रमा हस्ताक्षर भएसंगै आउँदो साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोह गरी पार्टी एकताको घोषणा गर्ने समझदारी भएको छ। गौतम यसअघि पनि एकीकृत समाजवादीमा जाने चर्चा थियो । तर कुनैबेला एमालेमा जाने चर्चा पनि थियो । उक्त समयमा पनि एमालेले बोलाएकोले त्यततर्फ लागेका थिए।
तर त्यतिबेला पनि एमालेले धोका दिएपछि उनी यता फर्किएर माधव नेपालको पार्टीमा समाहित हुने निष्कर्षमा पुगेका हुन्।








प्रतिक्रिया दिनुहोस