आज:  | Sat, 12, Jul, 2025

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ९४ अस्पताल ‘रेफरल सेन्टर’मा सूचीबद्ध

२८ असार २०८२, शनिबार ०६:४१ मा प्रकाशित ( ७ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ २८ असार ।

स्वास्थ्य बीमा बोर्डले विभिन्न जिल्लाका ९४ वटा अस्पताललाई प्रेषण केन्द्र (रेफरल सेन्टर)को रुपमा सूचीकृत गरेको छ । बीमा बोर्डले यसअघि ३८४ वटा स्वास्थ्य संस्थाको सूची प्रकाशित गरेको थियो । साथै तीनै स्वास्थ्य संस्थाहरु प्रथम सेवा विन्दुको रुपमा रहेको बताएको थियो ।

तर ति स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दुमा उपचारको सेवा दिन नसकेपछि अस्पतालले थप उपचारका लागि अन्य सम्वन्धित अस्पतालमा पठाउने संस्थालाई रेफरलको रुपमा राखिएको हो ।

प्रथम सेवा विन्दुमा उपचार गर्न सरकारी स्वास्थ्य संस्थाहरुले मात्रै पाउने निर्णय गरेको बोर्डले रेफरल सेन्टरको सूचीमा भने सरकारी र निजी दुवै स्वास्थ्य संस्थालाई राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस