
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ ३० असार।
प्रेस काउन्सिल नेपालको सदस्यमा धादिङका बालकृष्ण अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङ शाखाले स्वागत गरेको छ । धादिङ शाखाले आईतबार एक कार्यक्रमको आयोजना गरी काउन्सिलका सदस्य अधिकारीलाई गृह्र जिल्ला स्वागत गर्दै बधाई ग्यापन गरेको हो ।
स्वागत तथा बधाई कार्यक्रममा बोल्दै नवनियुक्त सदस्य अधिकारीले विद्यमान ऐन कानून र निती नियमको अधिनमा रहेर प्रेस स्वतन्तत्राको संरक्षण, मर्यादित पत्रकारिता र पत्रकारहरुको क्षमता विकासका लागि आँफू निरन्तर लागिरहने बताउनु भयो ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा स्थायी घर भई हाल काठमाडौमा बस्दै आउनु भएका अधिकारी लामो समयदेखि विभिन्न मिडियामा रहेर पत्रकारितामा कृयाशिल रहँदै आउनु भएको छ ।
गत जेठ १९ मा बसेको मन्त्रीस्तरीय बैठककाृ निर्णयबाट अधिकारी सहित अन्य ६ जनालाई प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा नियुक्त गरिएको थियो । प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले र शान्तराम विडारीहरु सदस्यमा नियुक्त हुँदा प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त हुनु भएको हो।








प्रतिक्रिया दिनुहोस