आज: २०८२ श्रावण ११, आईतबार | Sun, 27, Jul, 2025

मुख्यमन्त्री लामाले चार मन्त्रीलाई पदमुक्त गरे

२०८२ श्रावण १०, शनिबार मा प्रकाशित ( २१ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


हेटौंडा -९ साउन ।

साँडेको जुधाई बाच्छाको मिचाई भने झैं वागमति प्रदेशमा यही हाल भएको छ । मुख्यमन्त्री लामाले चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।

आफुमाथी आफ्नै पार्टीका मन्त्रीहरुले अविस्वासको प्रस्ताप पारित गरेपछी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेसका चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्।

केही दिन यता प्रदेशले ल्याएको बजेटलाई लिएर सुरु भएको कांग्रेसभित्रको किचलो र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै पार्टी कै सांसद्हरुको बिचमा विवाद अmभै सतहमा आएको हो।

मुख्यमन्त्री लामाले पदमुक्त गरेका मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ, र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्।

सुक्रबारबाट चुलिएको द्धन्दको कारण मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम चारै जना मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका हुन्।

पदमुक्त गरिएका मन्त्रीहरुले शुक्रबार ुह्वाट्सएपु मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए। उनीहरू चारै जना नेपाली कांग्रेसबाट सरकारमा सहभागी सांसद् हुन्। उनीहरुले राजीनामा दिएसँगै शुक्रबार नै चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस