आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

२०८२ श्रावण १४, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ४२४८ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
धादिङ् १-४ साउन ।

नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुनु भएको छ । बुधबार प्रदेशको राजधानी हेटौडामा भएको निर्वाचनबाट उहाँ दलको नेतामा निर्वाचित हुनु भएको हो।

प्रदेशसभा कांग्रेसबाट निर्वाचित ३७ सदस्यहरु मध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको थियो । खसेको मतमध्य एक मत बदर भएको छ । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको मत बहुमतले पारित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस