आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

धादङबेशी मिलनटोलका १२ वर्षीय १ बालक तिन दिनदेखी वेपत्ता

२०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ( १ साल अघि) १५८७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादङ -२७ साउन ।

धादङ जिल्ला निलकण्ठ नगरपालिका ३ धादङबेशीको मिलनटोल घर भएका १२ वर्षीय बालक अंकित श्रेष्ठ साउन २५ गतेदेखी वेपत्ता भएका छन् । साउन २५ गते दिउँसो दिउँसो करिब २ बजेदेखि अंंकित वेपत्ता भएका हुन् ।

तिन दिनदेखी उनी सम्पर्क विहीन भएपछी उनको तिब्र रुपमा खोजतलास भईरहेको छ । हराएका बालकले कालो हाफ टी–सर्ट, कालो हाफ प्यान्ट र सेतो रंगको चप्पल लगाएका थिए।

परिवारले अंकितको खोजीका लागि जिल्ला प्रहरी कार्यलय धादङ ,आफन्तजन लगायत सबै ठाउँमा आग्रह गरेका छन्। कहीँ कतै भेटिएमा तत्काल नजिकै को नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%६%

प्रतिक्रिया दिनुहोस