आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

रुपन्देहीमा आगमी उपनिर्वाचनमा २६ दल भिड्दै

२०८२ भाद्र ३, मंगलबार मा प्रकाशित ( ३ महिना अघि) ५२७१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -३ भदौ ।
रुपन्देहीमा हुन गैरहेको उपनिर्वाचनका लागि २६ राजनीतिक दलले निर्वाचन भाग लिनका लागी आयोगमा नाम दर्ता गराएका छन्।

त्यस्तै निर्बाचनमा भाग लिन आयोगमा निवेदन दर्ता हुन आएका २७ राजनीतिक दलहरुहरुमध्ये कानुनी रित पूरा भएका २६ ओटा दल आयोगमा दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भयो।

तर एक राजनितिक दलले आवश्यक कागजात पुरा नगर्नाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने उपनिर्वाचनका लागि अयोग्य ठहर भएको आयोगले बताएको छ। प्रतिनिधिसभा सदस्य दीपकबहादुर बोहराको गत चैत १९ गते निधन भएकाले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा उपनिर्वाचन हुन लागेको हो।

सोही उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रमक शैलीमा प्रचार गरिरहेको आरोप लागेको छ। कांग्रेस, एमाले, माओवादीसहितका दलहरू भने सुस्त गतिमा चुनावको प्रचार प्रशार गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस