आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

उपसभामुख रानालाई हटाउन कांग्रेस इतर समूह पनि तयार

२०८२ भाद्र ३, मंगलबार मा प्रकाशित ( १६ घण्टा अघि) १९८५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -३ भदौ ।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा नेपाली कांग्रेस इतर समूह पनि छलफलमा छुटेका देखिएको छ। यसअघि उपसभामुख रानामगरलाई हटाउने विषयमा सत्तारुढ दल र कांग्रेसमा मत एकता नभएकाले विफल भएको हो भन्ने विषय चर्चामा आउन थालेको हो।

अहिले पुन संवैधानिक परिषद्‍मा सहजताका लागि उपसभामुख रानामगरलाई हटाउन कांग्रेस एमालेबिचमा पनि छलफल गरिरहेका छन्। आज यसै प्रयोजनका लागि हस्तारक्ष संकलन गरिएको छ। उपसभामुख रानामगरलाई हटाउन बाधक नबन्ने रणनीतिमा देखिएको कांग्रेस शेखर समूह हस्ताक्षर अभियानमा भने सामेल छैन तर पुरानै हस्ताक्षर प्रयोग गर्दा आफूहरूको आपत्ति नरहने कोईराला निकट सांसद राजेन्द्र बजगाईँको भनाई थियो।

सांसद बजगाईँका अनुसार “नेता कोईराला आफ्नो व्यस्तताको कारण हस्ताक्षर गर्न जान नभ्याउनु भएको बताउनु भयो । “उपसभामुख हटाउने विषयमा विमति छैन । “हामी नगएको भन्दा पनि नभ्याएका हौँ ” उहाँले भन्नु भयो । तर संसदीय दलका नेतालाई हाम्रो बारेमा निर्णय गर्ने अधिकार छ। हाम्रो पुरानो हस्ताक्षर प्रयोग गर्दा त्यसमा हाम्रो आपत्ति रहँदैन डा.कोईरालाले भन्नु भएको छ ।

तर शेखर कोईराला समूहका केही सांसदले ताजा हस्ताक्षर पनि गरेका छन्। इतर समूहबाट सांसद दिलेन्द्र बडुले दलको कार्यलमै पुगेर उपसभामुख हटाउने विषयमा हस्ताक्षर गरे। कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहनु भएको छ

डा.कोईराला पक्षका अधिकांश सांसदसहित कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलवार हस्ताक्षर गर्नु भएको छैन। तर उपसभामुखलाई जोगाउने पक्षमा भने उहाँहरू रहे नरहेको त्थो भने खुल्नै बाँकी छ । महामन्त्रीद्वय थापा र शर्माको पनि पुरानै हस्ताक्षरले काम चलाउने रणनीतिमा कांग्रेस रहेको चर्चा छ।

यसरी हस्ताक्षरको दौड चलिरहेका वेला सत्ताधारी दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुखलाई हटाउन प्रस्ताव पेश हुँदैछ भन्ने कुरा सञ्चारमाध्यममा आएको भए पनि त्यो सही नभएको बताउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस