आज: २०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

उखु बक्यौताको माग गर्दै किसानहरू माइतीघरमा धर्नाम

२०८२ भाद्र ८, आईतबार मा प्रकाशित ( ११ महिना अघि) १११९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ८ भदौ ।

आर्थिक वर्ष ०८१। ०८२ को उखु बक्यौता भुक्तानीको माग गर्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेर विरोध गरेका छन्। प्रति क्विन्टल ७० स्पैयाँको दरले बक्यौता भुक्तानी हुनुपर्ने किसानीहरुले माग राख्दै १३ जिल्लाका अगुवा किसानहरू आइतबारदेखि विरोधमा उत्रिएका हुन्।

उखु उत्पादक महासंघ नेपालका अनुसार माग सम्बोधन नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी रहने किसानीको भनाई छ। किसानहरूले उखु अनुदान पनि निरन्तर दिनुपर्नेमा कडाइका साथ माग राखेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस