
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
काठमाडौं -३० भदौ ।
मुलुकको ६ महिनाको लागी अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका ३ मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।
कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम ै आईतबार नै टुङ्गो लागेको हो। सिफारिसमा परेकाहरुमध्य अर्थमन्त्रीमा पूर्व अर्थसचिव डा. रामेश्वर खनाल नियुक्त हुँदै छन् । यस्तै ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र कानूनमन्त्रीमा ओमप्रकाश अर्यालको नाम सिफारिस भएको छ।
कानूनमन्त्री ओमप्रकाश अर्याललाई गृहसहित कानून मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको हो।यस्तै घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास जस्ता महत्त्वपूर्ण मन्त्रालयहरुको पनि जिम्मेवारी पाउने भएका छन्।
उनीहरूको शपथ ग्रहण आज हुने भएको छ।








प्रतिक्रिया दिनुहोस