आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

आज संविधान दिवस,सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीको सम्बोधन

२०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ( ७ महिना अघि) ४४३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -३ असोज ।

विगत वर्षमा जस्तै यस वर्षमा पनि संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ।

अहिलेको विशेष राजनीतिक परिस्थितिमा संविधान दिवसको अवसरमा विगत वर्षमा बाजागजा र झाँकीलगायतका प्रदर्शनसहित गर्ने कार्य भने यस वर्षमा स्थगन गरिएको छ। यस दिवसका अवसरमा आज धादिङ जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

हरेक नेपालीले सडकमा ओर्लिएर लामो बलिदानी र सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा गरिएको थियो। नेपालमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित यसै संविधानसभाले लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।​

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधान जारी भएको घोषणा गर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस