आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

नेपाली काँग्रेस धादिङद्वारा संविधान दिवसका अवसरमा अन्तर्रक्रिया कार्यक्रम

२०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३ असोज ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङले संविधान रक्षाको लागी आज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

संविधान दिवसको अवसर पारेर जिल्ला कार्यसमिति, धादिङद्वारा आयोजित संविधान रक्षाको लागि विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

संविधान दिवस २०८२ को अवसरमा संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि जिल्ला स्थित पार्टिका पदाधिकारीहरु,नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

पुर्व कृर्षी मन्त्री तथा नेपाली काँगे्रस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षतामा आज(शुक्रबार) बिहान ११ः३० बजेदेखी धादिङबेसीस्थित बीपी स्मृति भवन तथा पार्टीको कार्यलयको कार्यक्रम हलमा े कार्यक्रम भएको हो ।

संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र र प्रदेशस्तरीय सदस्यहरू, प्रदेशसभा सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरूको उल्लेखनीय सहभागी रहेको थियो ।

त्यस्तै, भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रका संरचनागत समितिका प्रतिनिधिहरू, पार्टी विभागका सदस्यहरू, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यहरू,पार्टीका क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा शुभचिन्तकहरू समेतको उपस्थित रहेको थियो।

पार्टी सभापति एवं् कार्यक्रमका अध्यक्ष अधिकारीले सबैलाई संविधान दिवसको अवसरमा सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्दै संविधानको संरक्षण र कार्यान्वयनमा दृढता देखाउन आग्रह गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस