आज: २०८२ आश्विन १६, बिहिबार | Thu, 02, Oct, 2025

अनुसन्धानको सूरु मै गौरिबहादुर कार्कीमाथि नैतिक प्रश्न उठ्यो

२०८२ आश्विन १४, मंगलबार मा प्रकाशित ( २ दिन अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- १४ असोज ।

जेनजी प्रदर्शनका क्रममा भएको दमनबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान दशैँपछि मात्र लिने सरकारको तयारी छ।

उक्त आन्दोलनको घटना सम्वन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित उच्च अधिकारीहरुको बयान लिने तयारी गर्दैछ। सोही अपत्थारिलो तर यथार्थमा भएको नरसम्हार घटनाले उनीहरुलाई अनुमति बिना उपत्यकासमेत नछाड्न सरकारले निर्देशन दिइसकेको छ । उनीहरु विदेश भाग्न सने आशंकामा सरकारले उनीहरुको पासपोर्ट समेत रोक्का गरिदिएको छ।

यद्यपि उनीहरुमाथी कस्तो खालको कारबाही हुने हो भन्ने विषयमा भने सरकारले गोपनियता मै राखेको छ । उक्त घटनाका मुख्य पात्र मानिएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा,गृह्रमन्त्री रमेश लेखक लगायतका ५ जनालाई छानबिन गर्न बनेको आयोगका संयोजक कार्कीमाथि नै नैतिक प्रश्न उठेको छ। आन्दोलनका क्रममा जेनजी समूहलाई उहाँको समर्थन रहेको रहस्य खुलेको हो ।

विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी युवा आन्दोलनको पक्ष लिँदै राजनीतिक दलका नेताहरूविरुद्ध लगातार रुपमा सामाजिक संन्जालमा लेखेका र कार्कीले ओली, देउवासहित नेताहरुलाई थुन्नुपर्ने भाग्न दिन नहुने लगायत उल्लेख गरेका थिए। कतिपय वरिष्ठ कानुन व्यवसायी तथा सर्वसाधारणले समेत आन्दोलनमा पक्षधरता देखिएकाले उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका हुन्।

संविधानविद्स्वहरुका अनुसार तन्त्रता र निष्पक्षता नै न्यायको पहिलो शर्त रहेको बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस