
नारी वाटिका संवाददाता
काठमाडौं १९ असोज ।
पछिल्लो समयमा देशभर भैरहेको निरन्तर वर्षाले आएको बाढी–पहिरोबाट सडकमा पुगेको क्षतिको अवस्थाबारे जानकारी दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन्। आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको घिसिङको सचिवालयले जनाएको छ।
मन्त्रालयमा आयोजित हाल मनसुनी सक्रिय सडक तथा जन धनको क्षतिको अवस्था र त्यसबारे विस्तृत जानकारी दिने उदेस्यले पत्रकार सम्मेलनमा गरिएको हो। लगातारको वर्षा र बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग र ग्रामीण सडकमा क्षति पुग्दा यातायात सेवा प्रभावित भएको छ।












प्रतिक्रिया दिनुहोस